बुटवल । रुपन्देही ब्यापार संघको अध्यक्षमा दीपक अधिकारी निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न संघको १२ औं अधिवेशनबाट आफ्ना प्रतिष्पर्धी डिल्लीराज भण्डारीलाई ८० मतको अन्तरले हराउँदै अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
यसअघि संघका द्वितीय उपाध्यक्ष रहेका अधिकारीले ५४३ मत ल्याएर विजयी हुँदा संघका बरिष्ठ उपाध्यक्ष रहेका भण्डारीले ४६३ मत पाउनुभयो ।
अधिकारी र भण्डारीले छुट्टाछुट्टै प्यानल नैं बनाएर प्रतिस्पर्धामा उत्रिनुभएको थियो । संघको अन्य पदाधिकारी र सदस्यहरुमा दुवै प्यानलको मिश्रित परिणाम आएको छ ।
संघको प्रथम उपाध्यक्षमा भण्डारी प्यानलका दयानिधी भण्डारी निर्वाचित हुनुभएको छ । भण्डारीले ५३५ मत पाएर बिजयी हुँदा उहाँका प्रतिस्पर्धी अधिकारीको प्यानलका ऋषिराम पाण्डेले ४४७ मत पाउनुभयो ।
त्यसैगरी द्वितीय उपाध्यक्षमा ५५७ मतका साथ अधिकारी प्यानलकै प्रेमनाथ पाण्डे निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी भण्डारी प्यानलका नामदेव पाण्डेले ४११ मत प्राप्त र्गुभयो । संघको कोषाध्यक्षमा अधिकारी प्यानलकै मनिराम खनाल ५४४ मतका साथ निर्वाचित हुनुभएको छ भने भण्डारी प्यानलका झविन्द्र प्रसाद अधिकारीले ४५२ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी सचिव पदमा भण्डारी प्यानलका मनोहरी बस्याल ५२९ मत सहित बिजयी हुँदा उहाँका प्रतिस्पर्धी अधिकारी प्यानलका मनिमदिन मियाले ४३८ मत प्राप्त गर्नुभयो । सहसचिव पदमा भण्डारी प्यानलकै प्रकाशराज पौडेलले ५४८ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी अधिकारीको प्यानलका मेघनाथ पौडेलले ४४६ मत पाउनुभयो । सहकोषाध्यक्ष पदमा ५१९मत सहित अधिकारीको प्यानलका अर्जुन प्रसाद भट्टराई बिजयी हुँदा भण्डारी प्यानलका बिनित भटराईले ४८५ मत पाउनुभयो ।
संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश ढकाल र महासचिवमा फर्शुराम पन्त निर्विरोध निर्वाचित भई सक्नुभएको थियो ।
संघको सदस्य पदमा केदारनाथ नेपाल, टेकराज पन्थी, बृन्दा भटराई आचार्य, ईश्वरा देवकोटा, अशोक ज्ञवाली, गकुल ज्ञवाली, गोबिन्द प्रसाद चापागाई, घनश्याम भुसाल, जयलाल न्यौपाने, जिवनारायण घिमिरे, जिवलाल पौडेल निर्वाचित हुनुभएको छ ।
त्यसैगरी सदस्य पदमै शोभा कुमारी जोशी क्षेत्री, नलराज नेपाल, बालकृष्ण बस्याल, माधव प्रसाद ज्ञवाली, रितेश ज्ञवाली र राजु श्रेष्ठ निर्वाचित हुनुभएको छ । कुल १ हजार ६०१ जना मतदाता रहेको संघको निर्वाचनमा १ हजार ८७ मत खसेको थियो । शुक्रबार साँझ ८ बजे सुरु भएको मतगणनाको अन्तिम परिणाम शनिबर बिहान ३ बजे घोषणा भएको थियो ।