बुटवल-बुटवलमा आइतबार २० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। तीमध्ये ११ जना पुरुष र ९ जना महिला हुन्। बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार बुटवलमा सक्रिय संक्रमितको संख्या २१३ पुगेको छ।
बुटवलमा कुल संक्रमित २८५ जना रहेका छन्। ७२ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ।