बुटवल-बुटवलमा शनिबार ३२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। बुटवल उपमहानगरपालिकाका अनुसार बुटवलमा थपिनेमध्ये १७ महिला र १५ पुरुष हुन्। त्यसमध्ये सबैभन्दा धेरै वडा नं ११ का छन्।
बुटवलमा शनिबारको तथ्यांकसहित संक्रमितको संख्या ५१२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २६८ पुगेको छ। २४४ जना संक्रमणमुक्त भएका छन्।
शनिबार बुटवलका १ मा ६, ३ मा २, ४ मा १, ६ मा १, ८ मा १, १० मा १ र ११ मा ९ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै १२ मा ३, १३ मा २, १७ मा १ र अन्य ५ जनामा संक्रमण पुष्टि भएको हो।
बुटवलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले जानकारी दिए। उनका अनुसार यो आज दिउसो ४ बजेसम्मको तथ्यांक हो।