काठमाडौं-नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न आइतबार संयुक्त अरब इमिरेन्ट्स (यूएई) पुग्ने भएका छन्। वेष्ट इण्डिजमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेका सन्दीप अन्य खेलाडीसँगै यूएई जानेछन्।
सन्दीप लगातार तेस्रो सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न लागेका हुन्। आईपीएल सेप्टेम्बर १९ देखि यूएईमा सुरु हुनेछ। दिल्लीले २० सेप्टेम्बरमा किंग्स इलाभेन पञ्जावसँग खेल्दै लिगको सुरुवात गर्नेछ।
सन्दीप उतैबाट यूएई पुग्ने सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले जानकारी दिए। सन्दीप शनिबार यूएई प्रस्थान गर्नेछन्।
सीपीएलमा सन्दीप सम्मिलित जमैका तलावाजले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।
जमैका सेमिफाइनलमा ट्रिनबेगो नाइट राइडर्ससँग ९ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। नाइट राइडर्सले सेन्ट लुसिया जुक्सलाई ८ विकेटले हराउँदै चौथो पटक उपाधि उचालिसकेको छ।
सन्दीपले १२ विकेट लिँदै यो सिजनको अन्त्य गरे। सन्दीपलाई जमैकाले १ करोडभन्दा बढी रुपैयाँमा अनुबन्ध गरेको थियो।