बुटवल-तिलोत्तमा नगरपालिका रुपन्देहीका प्रमुख वासुदेव घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाका अत्यावश्यक बाहेकका सेवा बन्द भएका छन्।
नगरपालिकाले सूचना निकालेर असोज २१ गतेदेखि २३ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द रहने जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले कोभिड १९ ले सिर्जना गरेको असहज परिस्थितिका कारण सेवा बन्द गर्नु परेको बताए।