बुटवल । सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा सानुराजा शाक्यलाई नियक्त गरेका छ । केही दिन अगाडी बसेको मन्त्रीपरिषदको बैठकले ललीतपुरका शाक्यलाई कोषको सदस्य सचिव नियुक्त गरेको हो । शाक्य सम्भवत बुधबार जिम्मेवारी सम्हाल्न लुम्बिनी आइपुग्ने कोषका सुचना अधिकारी राजन बस्नेतले जानकारी दिए ।
रिक्त भएको झण्डै ३ वर्षपछि लुम्बिनी विकास कोषले सदस्य सचिव पाएको हो । २०७४ साल मंसिरमा तत्कालिन सदस्य सचिव अजितमान तामाङको कार्यकाल सकिएपछि कोषको सचिवालय नेतृत्व कार्यबहाकको रुपमा चलेको थियो । सुरुमा आयोजना प्रमुख सरोज भटराई कार्यबहाक सदस्य सचिव भएर काम गरेका थिए । गत माघबाट काठमाण्डौको सम्पर्क कार्यालयमा रहेका बरिष्ठ प्रशासकिय अधिकृत ज्ञानिन राइ कार्यबहाक सदस्य सचिवको रुपमा काम सुरु गरेका थिए ।
तामाङको कार्यकाल सकिएपछि तत्कालिन शेरबहादुर नेतृत्वको सरकारले खुल्ला प्रतिसप्रधाबाट सदस्य सचिव नियुक्त गर्ने प्रक्रिया अघि बढाएको थियो । जस अनुसार २२ वटा आवेदन परेका थिए । तर चुनाब लगत्तै बनेको केपि ओली सरकारले विष्णुप्रसाद ढकाललाई सदस्य सचिव नियुक्त गरेको थियो । आवेदन नै नपरेको व्यक्तिलाई नियुक्ती गरिएको भन्दै अदालतमा मुद्दा परेपछि सरकारले उक्त नियुक्ति फिर्ता लिएको थियो ।