बुटवल । नेपालमा मंगलबार थप ३ हजार ५ सय ५६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय १५ हजार ५ सय ७७ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ५ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबार थप १ हजार ५ सय ३ जना संक्रमित कोरोनामुक्त भएका छन् । क्वारेन्टाइनमा रहेनेको संख्या ४ हजार ७ सय ९५ रहेको छ । त्यसैगरी होम आइसोलेसनमा रहनेको संख्या २० हजार ८ सय ६७ छ भने संस्थागत आइसोलेसनमा १५ हजार ४८ जना रहेका उनले जानकारी दिए । आज काठमाडौं उपत्यकामा मात्र २ हजार १ सय २९ जना नयाँ संक्रमित थपिएका छन् ।