काठमाडौं । नेपालमा शुक्रबार थप ४ हजार ३ सय ९२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज देशभर ३ सय ५ सय २२ संक्रमित कोरोनामुक्त भएका छन् ।
नेपालमा हाल ३७ हजार ३८२ जना सक्रिय संक्रमित छन् । आज १२ जार ३३६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २५ हजार ४६ जना होम आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १६ हजार ५३१ जनको पिसिआर परीक्षण गरिएको छ । हालसम्म कुल १२ लाख ५४ हजार १ सय ६७ पिसिआर परीक्षण भएको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा ७ सय ८४ जना, भक्तपुरमा २ सय ४४ जना र ललितपुरमा ३ सय ७४ जना संक्रमित थपिएका छन् । हालसम्म संक्रमण निको हुनेहरुको संख्या ८८ हजार ४० पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या २१ रहेको छ । यससँगै हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।