काठमाडौं । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ पुगेको छ ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये १३ हजार ८५१ जना संस्थागत आइसोलेशन र २६ हजार ९२७ होम आइसोलेशनमा रहेका छन् । यस्तै सोमबार ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । सोमबार २ हजार ३३५ जना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको कुल संख्या ९४ हजार ५०१ पुगेको छ ।
यस्तै सोमबार थप १८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ ।