विराटनगर – धरान १८ निवासी नेपाली कांग्रेसका मेयरका उम्मेदवार तिलक राईलाई दोश्रो प्रयासमा सफलता मिलेको छ। यसअघि २०७४ सालमा स्वं. तारा सुब्बासँग ४ हजार बढि मतले हार व्यहोरेका राईले दोश्रो पटकको उम्मेद्वारीमा नेकपाका प्रकाश राईलाई २ हजार ७ सय ९५ मतले पराजित गरेका छन्।
यसअघि एकपटक पराजित युवा उम्मेद्वार तिलक राईले स्थानीयबाट हारकै सान्त्वना समेत पाएका छन्। बहुदलपछि तत्कालिन एमालेको गढका रुपमा चिनिएको धरानमा तिलक राई चारतारे झण्डा फहराउन सफल भए।
त्यसैगरि संघीय लिम्बुवान मञ्च नेपालले तेश्रो स्थानमा रहँदै १ हजार १ सय २६ मत पाएको छ।