काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले भूटानलाई २३७ रनको लक्ष्य पेश गरेको छ।
कीर्तिपुरस्थित टियु मैदानमा टस हारेको नेपालले ब्याटिङको निम्तो पाएको थिएको थियो। खेलमा कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारी खेले उनले ५५ बलमा १०७ रन बनाए।
मल्लले ५ चौका र ९ छक्काको मद्दतले उक्त स्कोर बनाएका हुन्। त्यस्तै पूर्वकप्तान पारस खड्काले पनि अर्धशतक बनाएका छन्। उनले २८ बलमा ५७ रन बनाएका हुन्। उनले ९ चौका र १ छक्का प्रहार गरे। यता दीपेन्द्र सिंह ऐरी २७ बलमा ४ चौका र २ छक्का सहित ४५ रनमा नट आउट रहे।
अहिले भूटान व्याटिङ गरिरहेको छ।
प्रतियोगितामा टेस्ट मान्यता प्राप्त देश बंगलादेश र श्रीलंकाका २३ वर्ष उमेर समूहका खेलाडी सहभागी छन्। त्यस्तै नेपाल माल्दिभ्स र भूटानका राष्ट्रिय टिम सहभागी भएका छन्। मंगलबार भएको पहिलो खेलमा नेपाल श्रीलंका यू–२३ संग ६ विवेट पराजित भएको थियो।