काठमाडौं । १४ औँ सस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पकिस्तानले आयोजना गर्ने भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको प्रस्ताव स्विकार गर्दै पाकिस्तानले १४ औं संस्करणको साग आयोजना गर्ने पक्का भएको हो ।
दक्षिण एसियाली खेलकुद प्रत्येक दुई बर्षमा आयोजना गर्ने प्रचलन रहेको छ । नेपालले तेस्रो पटक साग खेलकुद आयोजना गरेको हो । नेपालले यसअघि १९८४ मा पहिलो सस्करणको आयोजना गरेको थियो । त्यसपछि १९९९ मा सागको दोस्रो संस्करणको आयोजना गरेको नेपालले २०१९ आ सागको तेस्रो संस्कण चलिरहेको छ ।
डिसेम्बर १० को समापनको दिन पाकिस्तान सरकारले आगामी संस्करणको साग आयोजनाको झण्डा लिनेछ ।