बुटवल । मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले दष्डहिनताका कारण भ्रष्टाचार सस्थागत भएर जेलिएको बताएका छन् ।
स्थानीय तहदेखि केन्द्र सरकारसम्म भ्रष्टाचार बढदै गएको उनले बताए । भ्रष्टाचार र विकृतीहरु अनेकोणबाट करा उठेको बताउँदै पहाडीले राजनीतिक दलहरुमा दृढ इच्छाशक्तिको कमी भएको उल्लेख गरे ।
'जनतामा निराशा छाउदै छ किनभने जो दोषी हो त्यस माथि कारबाही गरेको छैन यसकारणले भ्रष्टाचार सस्थागत भएर जेलिएको हो- मानव अधिकार तथा शान्ति समाजको २२ औं राष्ट्रिय परिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्नका लागि आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पहाडीले भने- ‘लोकतन्त्रमा ग्रहण लागेको छ, धमिराहरु लागेका छन् ।’
विप्लव नेतृत्वको माओवादीलाई हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा आउन आग्रह गर्दै उनले सरकारले पनि त्यसअनुसारको वातावरण मिलाउनु पर्ने बताए ।
शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनालले तीन तहको सरकार बनेपछि झन भ्रष्टाचार बढेको खबर सुन्नु परेको बताए।
मानव अधिकार तथा शान्ति समाजको २२ औं राष्ट्रिय परिषद् बैठककामा भारतद्वारा नेपालको सिमा अतिक्रमण, जलवायु परिर्वानको असर, मानवअधिकार आनदोलन तथा लागुऔषध दुव्र्यसन अन्तका लागि अभियान, मानव बेचविखन तथा ओसारपसार लगायत गम्भीर अपराधका बारेमा, कारागारलाई सुधार गृहका रुपमा विकास गर्नुपर्ने तथा वैज्ञानिक शिक्षा र गुणस्तरिय स्वास्थ्यका लागि अभियान सञ्चालन लगायत महत्वपूर्ण विषयमा छलफल तथा निर्णय भएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी गराए ।