काठमाडौँ – चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार केशव भट्टराईको निधन भएको छ ।
विकास बोर्डका अध्यक्ष भट्टराईको आइतबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । राति करिब साढे १० बजेतिर चाबहिल ओम अस्पताल लगिएकोमा उनको निधन भइसहेको अस्पतालले जनाएको छ । उनी ५४ वर्षका थिए ।
हृदयघातका कारण उनको निधन भएको अस्पतलले उल्लेख गरेको छ । टेलिचलचित्र तथा चलचित्रहरुमा अभियन गरेका भट्टराईले आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु, कर्मयोद्धा, सो सिम्पल, ब्रासलेट, यात्रा सहितका चलचित्रको निर्माण समेत गरेका छन् ।
२०७५ चैत ४ गतेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई बाेर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।