काठमाडौँ । शुक्रबारदेखि सुरु हुने संसदको पाँचौ अधिबेशनका लागि सवै तयारी पुरा भएको छ । संसद सुचारु भएपछि प्रतिनिधिसभा तर्फ सभामुख नभएकाले बैठकको अध्यक्षता उपसभामुख शिवमाय तुम्बाहाम्फेले गर्नेछिन् ।
संसद सचिवलयमा कार्यरत एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि तत्कालिन सभामुख कृष्णबहादुर महराले पदबाट राजिनामा दिएपछि सभामुख पद रिक्त छ । यौन दुव्र्यवहारको आरोप पछि अदालतले महरालाई पुर्पक्ष्यका लागि थुनामा राख् आदेश दिएपछि महरा अहिले जेलमा छन् ।
सभामुख नभएको अवस्थामा उपसभामुख तुम्बाहाम्फेले प्रतिनिधिसभाको बैठक संञ्चालन गर्ने भएकी हुन् । संसद सचिवालयले शुक्रबार बस्ने बैठकको सबै तयारी पूरा भइसकेको जनाएको छ । प्राविधिक रूपमा हलहरूको मर्मत, उपकरण अद्यावधिक लगायतका काम सकिएको छ ।
सरकारको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको पाँचौं अधिवेशन पुस ४ गतेका लागि आह्वान गरेकी छिन् । संसदको चौंथो अधिवेशन वैशाख १६ गते सुरु भएर असोज २ गते सम्पन्न भएको थियो ।