दाङ । ट्याक्टरको ठक्करबाट स्कुल जादै गरेकी बालिकाको मृत्यु भएपछि दाङको तुलसीपुरमा विद्यार्थी आन्दाेलित भएका छन । विद्यार्थीले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । जसका कारण तुलसीपूर अस्तव्यस्त बनेको छ।
बिहान स्कुल जादै गरेकी बालिकालाई ट्याक्टरले ठक्कर दिदा उनकाे मृत्यु भएपछी चालकलाई कारबाहीकाे माग राख्दै विद्यार्थी सडकमा आएका हुन । बिहीबार बिहान पौने १० बजेतिर तुलसीपुर ५ गोदामघर नजिकै ट्याक्टरले ठक्कर दिदा तुलसी आवासिय माबिमा कक्षा ८ मा अध्ययनरत १२ बर्षीया बिजिता केसीको ज्यान गएको हो ।
रा १ त १४३५ नम्बरको ट्याक्टरको ठक्कर दिदा गम्भीर घाईते भएकी तुलसीपुर ७ शिवनगर निवासी केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएकाे छ ।
ट्याक्टरको ठक्करबाट सोही विद्यालयमा अध्ययनरत १४ बर्षीया मनिषा वली घाईते भएकी छिन् । वलीको बाया हातमा चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।