बुटवल । बुटवल उपमहानगरपालिका सहयोगापेक्षी सडक मानवमुक्त नगर घोषणा भएको छ। प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, उद्योग तथा पर्यटनमन्त्री लिला गिरी, सामाजिक विकास मन्त्री सुदर्शन बराल, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य र मानव सेवा आश्रमका प्रतिनिधिहरुलगायतले सामुहिक प्रतिबद्धता व्यक्त गर्दै बुटवललाई सहयोगापेक्षी सडक मानवमुक्त नगर घोषणा गरे ।