काठमाडौँ- राष्ट्रिय सभाका एक जना सांसद र पाँच जना कर्मचारीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । आज राष्ट्रिय सभाको हिउँदे अधिवेसन सुरु भएर पहिलो बैठक बस्दै छ।
आज बैठक बस्ने भएपछि विहिवार राष्ट्रिय सभा सदस्यहरुको स्वाब संकलन गरी पिसिआर परिक्षण गरिएको थियो । परिक्षणको क्रममा एक सांसद र ५ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । कोरोना संक्रमित सांसद बैठकमा सहभागी हुन पाउने छैनन्।