बुटवल । नेपाली काँग्रेसका नेता सुजाता कोइरालाले सरकारले आफना कमीकमजोरी औल्याइदिनेका आवाज बन्द गर्दै सरकार नजिकका भ्रष्टाचारी र अपराधी संरक्षण गर्न सहज बातावरण तयार गरीरहेको बताएकी छन ।
नेपाल प्रेस युनियन रुपन्देहीले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रिय सदस्य कोइरालाले सरकारले आफना कमीकमजोरी लुकाउन र भ्रष्टाचारी संरक्षण गर्ने नियतले ऐन कानुन निर्माण गरीरहेको बताएकी हुन ।
देशमा भएका ठुलठुला भ्रष्टाचार र अपराधका घटनामा सरकार नजिकका मान्छेहरु परेकाले तीनको संरक्षण गर्ने र जनताको आवाज बन्द गर्ने नियत सुचना प्रविधि लगायतका बिद्येयकहरुमा स्पष्ट देखिएको बताइन ।
कानुन सबैकालागि बराबर हुनु पर्नेमा जोड दिदै नेता कोइरालाले भनिन ‘सरकारले कमिकमजोरी गर्दै जाने । उसका मान्छेले भ्रष्टाचार गर्दै जाने अनी त्यसका बिरुद्ध जनतालाइ बोल्नै नदिने ?’ सोशल मिडीया र संचार माध्यमहरु नियमन गर्नुपर्नेमा आफु सहमत भएपनि हालै पास गरीएको सुचना प्रविधि बिधेयक भने सरकारका गलत क्रियाकलापका बिरुद्ध उठीरहेका आवजलाइ दबाउनकै लागि ल्याइएको उनले गरीन ।
‘सरकार र उसका मान्छेहरुले जे गरेपनि हुने अनी तीनै कमिकमजोरी औल्याइदिने जनताको मुख थुन्न कानुन बनाउने ? यसतो सरकारले कसरी समृद्धि ल्याउछ ?’ नेता कोइरालाले भनीन । सरकारको यस्तै रबैया रहीरहे प्रजातन्त्र नै मासीने खतरा उनले औल्याइन ।
निर्मलाका बलत्कारी र हत्यारा बिरुद्ध सरकार र सरकार नेतृत्वको पार्टीका सभासदहरु समेत चुइक्क नबोल्नुले सरकार र नेकपा जनताको पक्षमा नभइ आफनो पार्टी हितका पक्षमा मात्रै लागेको आरोप कोइरालाको छ ।
सरकारले नै निर्मलाको हत्यारा र बलत्कारीलाइ संरक्षण गरेको भन्दै नेता कोइरालाले भनिन ‘प्रधानमन्त्रीले देश बनाउछु भन्नुहुन्छ तर खै त निर्मलाका बलात्कारी, हत्यारालाइ कारबाही गरेर देखाएको हिम्मत छ ?’-कोइरालाले भनीन ।
नेता कोइरालाले आन्तरिक बिबाद त्यागेर एक ढिक्का हुन नसके काँग्रेस आगामी निर्वाचनमा झन कमजोर हुने टिप्पणी पनि गरिन । बिधानले नै पाटी र नेताहरुलाइ बलियो बनाउने भन्दै उनले पार्टी नेतृत्वले सबैलाइ मिलाएर लैजानु पर्नेमा जोड दिएकी हुन् ।
‘दुइटै पक्षले एक चोटी मिलेर हेर्नुस त । इगो, रिस राग लाभ सबै त्यागेर पार्टीलाइ बिधान सम्बत हिडाउनुस र जिताउनुस अनी तपाइहरु झगडा गर्नुहोला’ नेतृ कोइरालाले भनीन । केन्द्रमा बिबाद भयो भनेर त्यसैको सिको नगर्न जिल्लाका नेताहलाइ आग्रह गर्दै उनले मिलेर अगाडी बढ्न र पार्टीलाइ जिल्ला स्तरबाटै बलियो बनाउनु पर्नेमा पनि जोड दिइन ।
उनले देउवाको शैली परिवर्तन नभए पार्टीले अर्को चुनाबमा नराम्रो पराजय बेहोर्ने बताउँदै भनिन्-कांग्रेसका ठूलो नेता गिरिजाप्रसाद कोइरालाकी छोरी हुँ म, मलाई पार्टीको माया छ तर यही शैली रह्यो भने अर्को चुनाबमा कांग्रेसलाई भोट हाल्न मेरो हात पनि काम्न सक्छ ।'