काठमाडौं– सन्तोष साहुखलले ‘ए’ डिभिजन लिगमा एक सय गोल पूरा गरेका छन्।
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उनले आजको खेलमा १००औँ गोल गरेका हुन्।
सन्तोषले च्यासल युथ क्लबका तर्फबाट नेपाल पुलिस क्लबका विरुद्ध खेलको १८औँ मिनेटमा गोल गरे। ‘ए’ डिभिजन लिगमा एक सय गोल गर्ने उनी पहिलो खेलाडी पनि बनेका छन्।
च्यासलका हेमन्त थापामगरले हानेको फ्रिकिक पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोक्न नसक्दा उक्त बललाई सन्तोषले गोलमा परिणत गरे। जारी लिगमा उनको यो चौथो गोल हो।
उनले पहिलो खेलमा सङ्कटा क्लबविरुद्ध दुई तथा दोस्रो खेलमा मछिन्द्र क्लबविरुद्ध एक गोल गरेका हुन्। सन्तोषले २०६० सालमा थ्री स्टार क्लबबाट लिग खेल्न थाल्न थालेका हु्न्।