काठमाडौं । चिसो मौसममा दुईदिनदेखि लगातार झरी परिरहँदा जनजिवन कष्टकर बनेको छ ।
पश्चिमी क्षेत्रमा दुईदिनदेखि लगातार वर्षा भइरहेको छ भने उच्च पहाडी क्षेत्रमा हिमपात जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् सजिना शाक्यले बिहिबार बिहान दिएको जानकारीअनुसार उच्च पहाडी जिल्लामा हिमपात भइरहेको छ । आजसम्म मौसममा बदली कायमै रहनेछ भने भोेलिदेखि मौसममा सुधार आउनेछ ।
“आज दिनभर वर्षा हुने देखिन्छ,” उनले भनिन्, “भोलिदेखि मौसममा सुधार आउने अनुमान गरेका छौं ।”
उनले दिएको जानकारीअनुसार अहिले देशभर वर्षा भइरहेको छ ।
यस्तो छ मौसम विभागको पूर्वानुमानः
मौसमको अवस्था
हाल देशका पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकि स्थानहरुमा सामान्य बदलि रही देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमालीका अधिकांश भू-भागमा हिमपात भइरहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
बिहीबार
दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।
रातीः देशको मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली तथा पश्चिमका भू-भागमा आंशिक बदलि रही पश्चिमका एक-दुई स्थानहरुमा साथै मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ । देशका मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।
शुक्रबार
दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना छ।
राति : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
शनिबार
दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
राति : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।