परासी- नवलपरासीको फलामखानीबाट फलाम उत्खननको तयारी अन्तिम चरणमा पुगेको सरकारले जानकारी गराएको छ।
आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परासीको धौवादीमा रहेको फलामखानी उत्खननको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो। पत्रकार सम्मेलनमा मन्त्रालयको उद्योग विभागकी सचिव यामकुमारी खतिवडाले फलामको गुणस्तरको सफल परीक्षण भएको र सञ्चालनको मोडालिटी पनि तयार भइसकेको बताइन्।
फलामको उत्खनन र प्रशोधनका लागि कम्पनी कडा गरिएको उनले बताइन्। ‘गुणस्तरबारे सफल परीक्षण भइसकेको छ। डिपोजिट पर्याप्त मात्रामा छ भन्ने पनि आइसकेको र नमुना परीक्षण पनि सफलताका साथ भइसकेको छ। अहिले चीनमा औद्योगिक परीक्षण भइरहेको छ। उत्खनन र प्रशोधनका लागि कम्पनी खाडा गरी सञ्चालनको मोडालिटीमा पनि तयार भएको छ,' उनले भनिन्।
सचिव खतिवडाका अनुसार दैलेखमा भेटिएको पेट्रोलियम पदार्थको अन्वेषणका लागि चीनसँग सम्झौता भई काम सुरु भइसकेको छ। ४ महिनाभित्रमा ड्रिलिङको काम सकिएर कति मात्रामा पेट्रोलियम पदार्थ निकाल्न मिल्छ भनेर व्यवसायिक रुपमा थाहा हुने उनले बताइन्। दैलेखम मात्रै नभएर अहिले सुर्खेत र तानसेनमा पनि यससम्बन्धी काम भइरहेको मन्त्रालयले जनाएको छ।