बुटवल- लुम्बिनी प्रदेशका ६ वटा जिल्लाका ८ स्थानबाट आज कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ।
रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल र भिम अस्पताल भैरहवा, पृथ्वी चन्द्र अस्पताल नवपरासी पश्चिम, कपिलबस्तु अस्पताल, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पताल, बाँकेको भेरी अस्पताल र बर्दिया जिल्ला अस्पतालमा आज खोप अभियान सुरु भएको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए।
पहाडी जिल्लामा भने १७ गते खोप अभियान सुरु हुने छ। त्यसको लागि भोली स्वास्थ्यकर्मीहरुको लागि तालीम आयोजना गरिएको चौधरीले बताए।