कोरोना भाइरसको संक्रमणबाट चीनमा हालसम्म १७ जनाको ज्यान गएको छ। मानवीय क्षति बढेपछि चीनले वुआन सहरलाई नै शिलबन्दी गरेको छ भने देशभरका मानिसहरुलाई यात्रा गर्न प्रतिबन्ध लगाएको छ । चीनको वुआनमा मात्रै ५०० मानिसहरुमा यो भाइरसको संक्रमण देखिएको छ ।
चीन सरकारले मानिसबाट मानिसमा सर्ने यो भाइरस रोकथामका लागि नयाँ बर्ष अर्थात लुनारमा यात्रा गर्न प्रतिबन्ध नै लगाइदिएको छ ।
लुनारमा करोडौं मानिसहरु देशभित्र र बाहिर यात्रामा जाने गर्छन्। सबैभन्दा पहिले चीनमा देखिएको कोरोना भाइरस अमेरिकासम्म फैलिसकेको छ ।
भाइरसबाट संक्रमित ती व्यक्ति चीनको वुआनबाटै अमेरिकाको सियाटल पुगेका थिए। कोरोना भाइरस फैलिएपछि अमेरिकाले विमानस्थलहरुमा स्वास्थ्य परीक्षण केन्द स्थापना गरी स्वास्थ्य जाँचमा कडाइ गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले संक्रमण फैलिँदै गएपछि बुधबार आकस्मिक बैठकसमेत गरेको थियो ।
नेपाल उच्च जोखिममा
कोरोना भाइरसको संक्रमणबाट नेपाल उच्च जोखिममा रहेको छ। चीनमा तीव्र रुपमा देखिए पनि कोरोना भाइरस नेपालमा भएको पुष्टि भइनसकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले बताएको छ। अस्पतालका प्रमुख सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुसार अहिलेसम्म उक्त भाइरस देखिएको पुष्टि भइनसकेको बताए। उनले नेपालमा कोरोना भाइरस देखिएको भन्ने समाचार सञ्चारमाध्यम आइरहे पनि हालसम्म त्यसको पुष्टि नभएको बताए। ३२ वर्षीय एक युवकलाई ज्वरो खोकी लागिरहेपछि सोमबार भर्ना गरिएको थियो। तर उनी शुक्रबार डिस्चार्ज भइसकेका छन्। यसको परीक्षण नेपालको सरकारी प्रयोगशालमा हुँदैन।
केही निजी अस्पतालमा परीक्षण सम्भव हुन्छ। प्रकोप भएको ठाउँबाट आएका विरामीलाई निगरानीमा राखिएको छ। केही दिनअघि अध्ययनका लागि चीन गएका एक ३२ वर्षीय नेपाली विद्यार्थी काठमाडौं आएपछि रुघाखोकी र ज्वरो आए सरुवा अस्पताल पुगेका थिए। उनलाई कोरोना भाइरसको लक्षण देखिएपछि गत सोमबारबाट अस्पतालमा भर्ना गरेर विशेष निगरानीमा उपचार गरिएको थियो।
चीनको वुहानबाटै फर्किएका एक नेपाली विद्यार्थीलाई भर्ना गरी पाँच दिनदेखि चिकित्सकहरूको निगरानीमा राखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखेर उपचार गरिएको हो। ‘हामीले नेपालमा पनि कोरोना भाइरस देखिन सक्ने जोखिमलाई मध्यनजर गर्दै हिजो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि परीक्षण गर्ने प्रविधि राख्नेबारे छलफलमै छौँ। सरकारीस्तरमा कोरोना भाइरस परीक्षण प्रविधि नभएकाले भाइरस भएको पुष्टि हुन सकेको छैन,‘ डा बाँस्तोलाले भने।
चीनको हुवान् प्रान्तमा अध्यन गरिरहेका नेपाली विद्यार्थी बिरामी भएपछि उपचारकf लागि अस्पताल आएका थिए। उनमा कोरोना भाइरस नै देखिएको भन्ने अहिलेसम्म प्रमाणित भइनसकेको डा. बाँस्तोलाले बताए। उनले भने, ‘अहिलेसम्म कुनै पनि नेपालीमा कोरोना भाइरस भएको पुष्टि भइसको छैन, हल्लाको पछाडि नलागौँ, बरु सतर्क बनौँ,‘ उनले भने।