काठमाडाैँ- नेकपाका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्। नियमित स्वास्थ्य परिक्षणको लागि खनाल दिल्ली गएका हुन्।
शुक्रबार बिहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट नेता खनाल दिल्ली प्रस्थान गरेको नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख विष्णु रिजालका जानकारी दिए। खनालका साथ श्रीमती रविलक्ष्मी चित्रकार पनि दिल्ली गएकी छन्। उनी सोमबार काठमाडौँ फर्किने कार्यक्रम छ ।