बुटवल- बुटवलको कालिकानगरमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोकिँदा एक युवाको मृत्यु भएको छ। कालिकानगरको सञ्जीवनी कलेज नजिकै लु १५ प १४७२ नम्बरको मोटर साइकल र लु ५८ प २८३५ नम्बरको स्कुटर ठोकिँदा दुर्घट्ना भएको हो।
दुर्घट्नामा परि मोटरसाइकल चालक बुटवल -११ का सञ्जु खनालको मृत्यू भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। यसैगरी लु ५८ प २८३५ नम्बरको स्कुटर चालक शिशिर मगरको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
उनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ। मोटरसाइकलमा पछाडी सवार बुटवल ११ का सचिन पाण्डे र स्कुटरमा पछाडि सवार साजन पुन सामान्य घाइते भएको प्रहरीले जनाएको छ।