बुटवल-लुम्बिनी टाइम्स डट कमको भगिनी प्रकाशनको रुपमा बुटवलबाट लुम्बिनी टाइम्स म्यागेजिनको प्रकाशन आरम्भ भएको छ। पहिलो अंकको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोकार्पण गरेका छन्।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको दाङ देउखुरीमा आयोजित साधारणसभाको अवसरमा पोखरेलले म्यागेजिनको लोकार्पण गरेका हुन्।
पहिलो अंक स्थानीय सरकारले कोभिड महामारी नियन्त्रणमा खेलेको भूमिका केन्द्रित विषयवस्तुहरु समेटिएको लुम्बिनी टाइम्सका प्रधान सम्पादक प्रदीप आचार्यले जानकारी दिए।
लुम्बिनी टाइम्सले आफ्ना हरेक अंक विशेष अंकका रुपमा प्रकाशन गर्ने सम्पादक सी. पी. खनालले जानकारी दिए। उनका अनुसार म्यागेजिनका अधिकांश विषयवस्तुहरु लुम्बिनी प्रदेशकेन्द्रित हुनेछन्।