काठमाडाैँ- नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनाल आज भारतबाट स्वदेश फर्किंदै छन्। उपचारको लागि अघिल्लो हप्ताको शुक्रबार नयाँ दिल्ली गएका खनाल आज फर्किने भएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराएका थिए। खनाल शरीर काँप्ने रोगबाट पीडित छन्। खनालसँगै उनकी श्रीमती रविलक्ष्मी चित्रकार पनि दिल्ली गएकी थिइन्।