गुल्मी- जिल्ला प्रहरी कार्यालय गुल्मीले बहुविवाह गरेर फरार भएका एक जनालाई चार बर्षपछि पक्राउ गरेको छ। आइतबार गुल्मी दरवार गाउँपालिका २ का गणेश भन्ने हुतराज गौतमलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रबिणलाल श्रेष्ठले जानकारी दिए।
गौतमलाई बहु-बिबाह मुद्दामा जिल्ला अदालत गुल्मीले ०७३ बैशाख १२ गते ११ महिना ८ दिन कैद सजाय सुनाएको थियो। गौतमले पहिलो बिहे ०७१ र दोर्सो बिहे ०७३ सालमा गरेका थिए। लुकिछिपी बसेको अबस्थामा गौतमलाई पक्राउ गरेर अदालत बुझाइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।