काठमाडौँ- सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल सञ्चालनमा ल्याएका छन्। आफू म्यानेजिङ डाइरेक्टर भएर उनले ग्यालेक्सी फोरके टिभी सञ्चालनमा ल्याएका हुन्। मंगलबार काठमाडौँमा कार्यक्रम गरी लामिछानेले नेपालमै पहिलो फोरकै टिभी ल्याएको बताए।
टेलीभिजन मार्फत जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिने उनले बताए। ग्यालेक्सीमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहर, सिधा कुरा, आविष्कारलगायत कार्यक्रम आउने लामिछानेले जानकारी दिए।
यस अघि उनले न्युज ट्वान्टी फोर टेलिभिजनमा सिधा कुरा जनतासँग कार्यक्रम चलाउँथे।