बुटवल-बुटवलको जीतगढीमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
गएराती ०१:३० बजे बुटवल उप-महानगरपालिका वडा नं. १२ जीतगढी स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गईरहेको लु १ च ९०५० नं.को पिक-अप जीपले विपरीत दिशाबाट बुटवल तर्फ आईरहेको लु ४६ प ८१७६ नं.को मोटरसाईकल ठक्कर दिदा मोटरसाईकल चालक गुल्मी रुरु गाउँपालिका वडा नं. ७ का ५६ वर्षीय बाबुराम पन्थीको उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
दुर्घटनामा घाइते भएका उनको लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।