काठमाडाैँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि उनको अप्रेसन गरिएको छ। अप्रेसनपछि उनलाई अहिले आईसीयूमा सारिएको छ। डाक्टरले कम्तीमा चार दिन अस्पतालमै राख्नुपर्ने बताएको नवीन्द्रका दाजु राजुराज जाेशीले जानकारी दिए। बिहीबार अबेर राति एक्कासि बेहोस भएका जोशीलाई शुक्रबार बिहान ५ बजे नै नर्भिक अस्पताल पुर्याइएको थियो।
जोशीको मस्तिस्कमा थोरै रगत देखा परेकाले उनको तत्काल अप्रेसन गरिएको हो । चिकित्सकहरुले जोशीको मस्तिस्कघात धेरै जोखिमपूर्ण नभएको बताएको पारिवारिक स्रोतले बताएको छ ।