भैरहवा - नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले नागरिक केन्द्रित विकास भएन भने मुलुक बन्न नसक्ने बताएका छन्। दोस्रो सिद्धार्थनगर उपप्रमुख महिला कपको उद्घाटन गर्दै रुपन्देही २ का सांसद समेत रहेको भुसालले बालबालिका केन्द्रित विकास भएन भने मुलुक बनाउनुको साटो झन विगारेर जाने उल्लेख गरे।
‘ठेक्का पट्टाको लोभमा ठूला ठूला बाटा, सिमेन्ट, ढुङाको विकास गर्ने तर बालबलिका तथा उनको जीवनको कुरा नगर्ने प्रवृति देखा परेको छ ।’ उनले भने ‘लोभका कारण अनावश्यक अनुपयुक्त विकास भइरहेको छ।’ बालबालिकालाई गुणस्तरीय मानसिक र शरीरिक शिक्षा दिदै सम्पूर्ण विकासको संकल्प बालबालिकालाई बनाउनुपर्ने भुसालको भनाइ छ ।
छात्राहरुबीचे प्रतियोगिता नगरको विकासका लागि लामो श्रृखलाको ठूलो कडी भएको उनले बताए। सविधानले अधिकारहरु स्थापित गरेको भन्दै भुसालले गुणस्तरीय शिक्षाका लागि तिनै तहको सरकार एक भएर काम गरेमा मुलुकको मुहार १० वर्षमा फेर्न सक्ने बताए।