रसुवा । चीनको केरुङबाट नेपाल फर्किएकी एक नेपाली युवतीमा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ । अन्तराष्ट्रिय व्यापारिक नाका हुँदै नेपाल आएकी २४ वर्षीया युवतीमा कोरोना भाईरस संक्रमणको आशंका गरिएको हो ।
उपचारको लागि बिहीबार बिहान जिल्ला अस्पताल रसुवा पुगेकी ती युवतीमा कोरोना भाइरसको लक्षण देखिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिलकुमार खरेलले बताए । तीन दिनअघि बिरामी परेकी उनी धामीझांक्री कहाँ पुगेकी थिइन् । कोरोना भाइरस संक्रमण भएको आशंकामा अहिले ती युवतीलाई आइसुलेसन कक्षमा राखेर उपचार गरिरहेको उनले बताए । 'अहिले हामीले आइसुलेसन कक्षमा राखेर उपचार गरिरहेका छौं,उनले भने, ‘बिरामीलाई काठमाडौं रिफर गर्ने वा परीक्षणको लागि स्याम्पल पठाउने भन्ने बारे छलफल भइरहेको छ ।’
अस्पतालमा कोरोना भाइरसको आशंका गरिएको बिरामीलाई छुट्टै कक्षमा राखेर उपचार गर्ने व्यवस्था गरिएको छ । ती युवती केरुङबाट २ माघमा नेपाल आएकी थिइन् ।