बुटवल- रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुखको एकसाथ सरुवा भएको छ। गृह मन्त्रालयले सोमबार प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको सरुवा गरेको छ। घिमिरेको ठाउँमा अस्मान तामाङलाई रुपन्देही पठाइएको छ।
साेमबारै रुपन्देहीका प्रहरी उपरिक्षक प्रवीण पोखरेल र सशस्त्र प्रहरीका उपरिक्षक भरत खनियाको पनि सरुवा गरिएको छ।रुपन्देहीमा प्रहरी प्रमुख भएर मनोज केसी आउने भएका छन्। सशस्त्र प्रहरीले राजेश उप्रेतीलाई पठाएको छ।
फागुन २१ गते मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यासका क्रममा झडप हुँदा अर्थमन्त्री विष्णु पौडेल र उद्योग मन्त्री लेखराज भट्टलाई सुरक्षा दिन नसकेको भन्दै सरुवा गरिएको बताइएको छ।