काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्कम एकदिवसीय सिरिजमा नेपाल ओमानसँग पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपालले ओभर बलमा विकेट गुमाउँदै रन बनायो । नेपालका लागि शरद भेषवाकरले अर्धशतकीय पारी खेले । १०८ बल खेलेका उनले ८ चौकाको सहयोगमा ५५ रन बनाए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३६ रन बनाउँदा सन्दीप लामिछानेले २८ र विनोद भण्डारीले २६ रन बनाए ।
नेपालले ओपनरमा आएका कप्तान ज्ञानेन्द्र मल्ला र पारस खड्कालाई सुरुआती समयमै गुमाएको थियो । कप्तान ज्ञानेन्द्र १ रन बनाएर आउट भए भने पारसले ३ रन बनाए । नेपालका लागि रोहित कुमार पौड्ले रन नबनाएर आउट भए भने आरिफ शेख ६ रन बनाएर आउट भएका थिए । यसअघि टस बादल सिंहलाई ५ रनमा क्याच आउट गराएका हुन् ।