काठमाडाैँ- स्वास्थ्य मन्त्रालयले विद्यालय विदा गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरेको छ। कोरोना संक्रमणको जोखीम फेरि बढेकाले विद्यालय बिदा गरि अनलाईन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयमा प्रस्ताव पठाइएको स्वास्थ्य प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।
पछिल्लो समयमा फेला परेका संक्रमितमा विद्यार्थी पनि रहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरिएको उनको भनाइ छ। नयाँ प्रजातिको भाइस तिब्र गतिमा फैलिन थालेकाले स्वास्थ्य मन्त्रालयले विद्यालय सहित बढि भिडभाड हुने स्थान बन्द गर्ने सिसिएमसीमा समेत सिफारि गरेको जनाएको छ।