बुटवल- बुटवलमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचारत रुपन्देही, अर्घाखाँची र कपिलबस्तु एक–एक जना संक्रमितको मृत्यु भएको हो।
रुपन्देहीको तिलोत्तमा नगरपालिका १ निवासी ७१ वर्षिय महिलाको आज विहान मृत्यु भएको हो । चैत्र २१ गते कोरोना अस्पतालमा भर्ना भएकी ति महिलामा ज्वरो, निमोनिया, स्वाशप्रश्वासमा समस्या लगायतको समस्या रहेको लुम्बिनी प्रादेशीक अस्पतालले जनाएको छ।
त्यसै गरी कपिलबस्तुको वाडगंगा नगरपालिका ३ निवासी ७१ वर्षिय पुरुषको आज विहान सवा ७ बजे मृत्यु भएको छ। चैत्र २७ गते अस्पतालमा भर्ना भएका ज्वरो निमोनिया, मधुमेह जस्ता समस्या रहेको लुम्बिनी प्रादेशीक अस्पतालका सुचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।
यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका ५ कि ७९ वर्षिय महिलाको आज विहान सवा ९ बजे मृत्यु भएको छ। ज्वरो निमोनिया स्वाशप्रश्वासमा समस्या जस्ता समस्या देखीएको उनको चैत्र २७ गते अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ।