बुटवल- बुटवलको कोरोना विशेष अस्पतालमा एक महिला संक्रमितको मृत्यु भएको छ। अस्पतालको आइसियुमा उपचाररत अर्घाखाँचीको सितगंगा नगरपालिका २ निवासी ७० वर्षिय महिलाको शुक्रवार विहान ८ बजेर ४० मिनेटमा मृत्यु भएको हो।
कोभिड – १९ पोजेटिभ भएर चैत्र २९ गतेदेखी कोरोना अस्पतालमा उपचाररत ति महिलामा दिर्घरोग स्तन क्यान्सरको हुनुका साथै ज्वरा,े निमोनिय र स्वाशप्रसासमा समस्या देखिएको लुम्बिनी प्रादेशीक अस्पतालका सुचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। यस अघि चैत्र ३० गते एकै दिन तीन संक्रमितको मृत्यु भएको थियो।