काठमाडाैँ- केही दिन अघि भारतको हरिद्वारबाट फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना संक्रमण पुष्टी भएको छ। हरिद्वारको कुम्भ मेलामा सहभागी भएर फर्किएका शाह दम्पत्तीमा परिक्षणको क्रममा कोरोना संक्रमण भएको थियो।
उनीहरुले स्वदेश फर्किएपछि परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो। यसअघि सोही कुम्भ मेलामा सहभागी भएका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य पनि संक्रमित भएका थिए।