दाङ- दाङमा आगलागीबाट छ वटा घरगोठ जलेर नष्ट भएको छ। घोराही उपमहानगरपालिका–२ चाक्लीघाटमा चार घर परिवारको छ वटा घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष केशवराज आचार्यले जानकारी दिए।
स्थानीय धनबहादुर वलीको गोठबाट शुरु भएको आगलागीले रत्नबहादुर वलीको घर, गोठ र पाँच वटा खसी जलेको छ । त्यस्तै कली वलीको घर, गोठ, सुन्दर वलीको घर, गोठसहित १० वटा खसीबाख्रा र एउटा गोरु जलेको वडाध्यक्ष आचार्यले जानकारी दिएका छन्।
आगलागी के कसरी भयो भन्ने खुल्न नसकेको उनको भनाइ छ। आगलागीले घरगोठमा रहेका सबै सामान जल्दा पीडित घरबारविहीन भएका छन्। अग्नी पीडित आफन्तको घरमा आश्रय लिएर बसेका छन्। उनीहरुका लागि तत्काल आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा राहत स्वरुप लिएर भोलि जाने वडाध्यक्ष आचार्यले बताए स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको बताइएको छ। रासस