बुटवल-बुटवल उपमहानगरपालिकाले नर्सरीदेखि कक्षा १२ सम्मका कक्षा भौतिक रुपमा बन्द गरेर वैकल्पिक व्यवस्था गर्न निर्देशन दिएको छ।
उपमहानगरले सूचना निकालेर विद्यालयहरुमा आन्तरिक परीक्षासमेत बन्द गर्न भनेको छ। उपमहानगरले वैशाख मसान्तसम्म भौतिक रुपमा उपस्थित हुने क्रियाकलाप नगर्न भनेको छ। तर विद्यालयका प्रशासन भने खुला राख्न उपमहानगरको निर्देशन छ।