अर्घाखाँची- अर्घाखाँचीमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। जिल्लाको भुमिकास्थान नगरपालिका १० धनचौरमा ५८ वर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ।
१० गते मृत्यु भएका उनको नेपाली सेनाले सव व्यवस्थापन गरिसकेको छ । यससँगै कोरोना संक्रमणबाट अर्घाखाँचीमा १८ जनाले ज्यान गुमाएका छन्।