काठमाडौँ । त्रिभुवन विश्विविद्यालयले पूर्वनिर्धारित सबै परीक्षाहरु स्थगित गरेको छ । दोस्रो लहरको कोरोना संक्रमणको कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
सोमबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले स्नातक र स्नातकोत्तर तहका पूर्वनिर्धारित वार्षिक तथा समेस्टर प्रणालीका संचालित र संचालनको तयारीमा रहेका सम्पूर्ण परीक्षा वैशाख १४ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले विज्ञप्ति जारी गर्दै त्रिवि आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुका स्नातक र स्नातकोत्तर तहका वार्षिक तथा समेस्टर प्रणालीका विभिन्न परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।