बाँके- कोरोना संक्रमणबाट नेपालगन्जमा उपचाररत थप तीन जनाको मृत्यु भएको छ । बाँकेका दुईजना र दाङका एक संक्रमितको मृत्यु भएको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ३ का २६ वर्षिय पुरुषको सोमबार राती साढे ८ बजे मृत्यु भएको हो। उनको नेपालगञ्ज नर्सिङ होमको प्रि आइसोलेसनमा मृत्यु भएहो हो।
यस्तै कोहलपुर–१ की ६० वर्षीया महिलाको भेरी अस्पतालमा मंगलबार बिहान २ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। उता नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी दाङ तुल्सीपुरकी ७४ वर्षिया महिलाको मंगलबार विहान ६ः२० बजे मृत्यु भएको छ ।