काठमाडौँ- कोरोना संक्रमणका कारण संघिय संसद सचिवालयका उपसचिव कृष्णराज खनालको मृत्यु भएको छ। बुधबार गरिएको परिक्षणको क्रममा उनी सहित संसदका तीन कर्मचारी र चार सांसदमा कोरोना संक्रमण पुष्टी भएको थियो ।
संक्रमण पुष्टी भएपछि घरमै आइसोलेसन बसेका उनलाई कलंकीस्थित शहिद ममोरियल अस्पताल लैजाने क्रममा मृत्यु भएको संसद सचिवालयले जनाएको छ।
वैशाख २७ गते संसद वैठक बोलाइएपछि सांसद र सचिवालयका कर्मचारीको पनि कोरोना परीक्षण गरिएको थियो। खनालमा मुटुसँगै पथ्थरीको समस्या पनि रहेको बताइएको छ ।