बुटवल - रुपन्देहीमा कोरोना संक्रमणबाट गत २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उनीहरुको मृत्यु भएको हो । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको आइसोलेन अस्पतालमा सोही नगरका तीन जनाको मृत्यु भएको छ ।
रोहिणी गाउँपालिकामा सोही ठाउँका दुई संक्रमितको ज्यान गएको हो । बाँकी संक्रमित मध्ये तीन जनाको बुटवलको कोरोना विशेष अस्पताल, युनिभर्सल मेडिकल कलेजमा दुई जना र भैरहवाको भिम अस्पतालमा एक जनाको मृत्यु भएको हो ।
अस्पतालमा मृत्यु भएकाहरु मध्ये बुटवल, तिलोत्तमा र सिद्धार्थ नगरमा दुई –दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले जानकारी दिए।