बाँके- कोरोना संक्रमणबाट बाँकेका अस्पतालमा थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार नेपालगञ्ज र एकजना बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेजबहादुर वलीले जानकारी दिए।
उनका अनुसार, नेपालगञ्जस्थित भेरी अस्पतालमा वैशाख १६ गते भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं। १४ निवासी ३८ वर्षीया महिलाको आज बिहान, बैशाख २१ गते भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १ निवासी ६४ वर्षीय पुरुषको गएराति, वैशाख २४ गते भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १२ निवासी ६७ वर्षीय पुरुष र वैशाख २३ गते भर्ना भएका बर्दिया बढैयाताल गाउँपालिका वडा नं। ७ निवासी ५२ वर्षीय पुरुषको गएराति उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी वैशाख १३ गते शिक्षण अस्पताल कोहलपुरमा उपचारको लागि भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं। १० निवासी ३८ वर्षीया महिला बिहान मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट एक सय ७४ जनाको मृत्यु भएको छ। बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा एक सय ३१ जनाको मृत्यु भएको छ ।
तीब्र गतिमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बाँकेमा गएराति ७ सय ३१ नयाँ सङ्क्रमित थपिएका छन् । जिल्लाका तीन वटा प्रयोगशालामा एक हजार १८ जनाको पिसिआर जाँच गर्दा ७ सय ३१ जनामा कोरोना देखिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले जानकारी दिए ।
उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा ४ सय ८० को परीक्षण गर्दा ३ सय ४३, शिक्षण अस्पताल कोहलपुरमा २ सय २ को परीक्षण गर्दा १ सय ५८ र नेपालगञ्जस्थित बागेश्वरी प्रयोगशालामा ३ सय ३६ को परीक्षण गर्दा २ सय ३० जनामा कोरोना पुष्टि भएको छ । ७ सय ३१ जनामध्ये बाँकेका ५ सय ४ जना रहेका छन् । बाँके अस्पतालमा रहेका ५ सय ९७ मध्ये भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ । होम आइसोलेसनमा तीन हजार नौ सय ३५ जनाले स्वास्थ्य लाभ गरिरहेको स्रोत व्यक्ति वलीले बताए। शुक्रबारमात्रै बाँकेमा एक सय ९ जनाले कोरोना जितरे घर फर्किएका छन्।