भैहरवा - रुपन्देहीको भैरहवामा रहेको भिम अस्पतालमा अक्सिजनको अभावमा बुधबार विहान तीन जनाको मृत्यु भएको छ ।
अस्पतालस्रोतका अनुसार बुधबार बिहान १५ मिनेट मात्रै अक्सिजन सकिँदा भीममा उपचाररत तीन जनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का ३९ वर्षीय पुरुष, ओमसतिया–२ की ७० वर्षीय महिला र सिद्धार्थनगर–४ की ४४ वर्षीय महिला छन् ।
युनिभर्सल मेडिकल कलेजमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गैडहवा गाँउपालिका ७ की ४० वर्षिय महिला र तिलोत्तमा नगरपालिका १३ का ३२ वर्षिय पुरुषको आज विहान मृत्यु भएको हो ।