काठमाडौँ - पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले शनिबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले बढाएको हो ।
नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको प्रतिलिटर १२५ र डिजेल र मट्टीतेलको प्रतिलिटर १०८ रुपैयाँ पर्नेछ । आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर दुई रुपैयाँले बढाएर प्रतिलिटर ८० रुपैयाँ पुर्याइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।